Thursday 19th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट तीन जना अन्तरीक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरीक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरीक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो। कजाखिस्तानको झेखाजगान सहर नजिकै अन्तरीक्षयात्रीहरु सकुशल अवतरण गरेका थिए। पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरीक्षयात्रीहरुमा नासाकी…

Image

तितोपाटी - भारतको पूर्वी राज्य झारखण्डमा अाज भएको एक सडक दुर्घटनामा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । मङ्गलबार एक गहिराइमा बस खसेर दुर्घटना भएकाे जनाइएकाे छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस  मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको…

Image

तितोपाटी - साउदी अरबको दक्षिणी भेगको एक विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । यमनी हुथी विद्रोहीले गरेको आक्रमणमा ज्यान गुमाउने व्यक्ति सिरियाली नागरिक भएको बीबीसीले जनाएको छ । अभा विमानस्थलमा आइतबार राती गरिएको आक्रमणमा २१ घाइते भएका साउदी अधिकारीले जनाएका छन् । आक्रमणमा घाइते हुनेमा साउदी अरब, इजिप्ट,…

Image

तितोपाटी - भारतको राजस्थानमा एउटा धार्मिक कार्यक्रमका लागि बनाइएको एउटा विशाल पाल हावाहुरी र ठूलो वर्षाका कारण भत्किएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ। सो घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। समाचारसंस्था रोएटर्सका अनुसार मृत्यु हुनेमध्ये केही व्यक्तिलाई करेन्ट लागेको थियो भने केहीलाई भत्केको संरचनाले किचेको थियो। हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार आइतवार…

Image

तितोपाटी -उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्। बङ्गलादेशको राजधानी ढाकाबाट २ सय ३ किल्लो मिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको छ। स्थानीय समायानुसार आइतबार राती ११ः५० बजे सो…

Image

तितोपाटी - अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर हमला सुरु गरेको छ । केही अमेरिकी रिपोर्टमा दाबी गरिए अनुसार हवाई हमला नगर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि यस्तो कदम उठाइएको हो ।वासिङ्टन पोष्टका अनुसार रकेट र मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ । न्यूयोर्क टाइम्सले तेल ट्याङ्करमाथिको हमलापश्चात् एक अमेरिकी हवाई…

Image

तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति ओमानको अधिवेशन जुन २८ तारिक शुक्रबार  हुने भएको छ। उक्त अधिवेशनमा विश्व भरिबाट बिभिन्न देशका एनआरएनएन अभियान्ताहरूको सहभागिता हुुने बुझिएको छ । गैर आवासीय नेपाली संघ आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ मा हुने मिति तय भए लगतै ओमान लगाएत…

Image

तितोपाटी - हवाईको ओआहु टापुमा  शुक्रबार राति एक यात्रुवाहक विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ। हवाई परिवहन विभागका अनुसार ओहुको उत्तर किनारमा डिलिंघम एयरफील्ड नजिकै सो दुर्घटना भएको हो। किंग एयर…

Image

तितोपाटी - भारतमा एक शिक्षकले श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या गरेका छन्। राजधानी नयाँ दिल्लीको महरौलीमा शुक्रबार एक पुरुषले परिवारकै चार जनाको हत्या गरेका हुन्। उनका दुई छोरी र एक छोरा थिए। जेठो छोरी ७ वर्षकी, छोरा ५ र कान्छो छोरी २ महिनाका थियो। उनले सबैको शुक्रबार राति साढे एक बजे…

Image

तितोपाटी - इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन्। उत्तरी सुमात्रा प्रान्तको बिन्जाई शहरमा रहेको उक्त लाइटर उद्योगमा शुक्रबार विहान ११ः३० बजे आगलागी भएको हो। बिन्जाई विपत नियन्त्रण कार्यालयका कर्मचारी ओकीलाई उद्धृत गरी…