Monday 19th October 2026

भारतको झारखण्डमा बस दुर्घटना हुँदा ६ को मृत्यु, ४५ घाइते


तितोपाटी – भारतको पूर्वी राज्य झारखण्डमा अाज भएको एक सडक दुर्घटनामा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । मङ्गलबार एक गहिराइमा बस खसेर दुर्घटना भएकाे जनाइएकाे छ ।

छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस  मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको सो स्थानबाट घाइतेहरुलाई उद्दार गरी उपचारको लागि नजिकको अस्पतामा लगिएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका छ जना व्यक्तिलाई प्रान्तीय राजाधानी राँचीमा रहेको सरकारी अस्पतालमा लगिएको बताइएको छ । घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ  ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...