Wednesday 26th August 2026

भारतको झारखण्डमा बस दुर्घटना हुँदा ६ को मृत्यु, ४५ घाइते


तितोपाटी – भारतको पूर्वी राज्य झारखण्डमा अाज भएको एक सडक दुर्घटनामा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । मङ्गलबार एक गहिराइमा बस खसेर दुर्घटना भएकाे जनाइएकाे छ ।

छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस  मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको सो स्थानबाट घाइतेहरुलाई उद्दार गरी उपचारको लागि नजिकको अस्पतामा लगिएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका छ जना व्यक्तिलाई प्रान्तीय राजाधानी राँचीमा रहेको सरकारी अस्पतालमा लगिएको बताइएको छ । घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ  ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...