Sunday 9th November 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी- एजेन्सी– संयुक्त राष्ट्रसंघले पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसुद अजहर र उनको समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्धीन ले त्यसको पुष्टि गरेका छन् । उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘यो कामका लागि साना–ठुला सबै देशले साथ दिएका…

Image

तितोपाटी- नेपालले ओमानसँग पनि श्रम समझदारी (एमओयू)को मस्यौदाको छिट्टै टुंगो लगाउने भएको छ । नेपालसँगको श्रम समझदारीका विषयमा छलफल गर्न ओमानका श्रम तथा मानव संशाधन अधिकारीसहितको टोली नेपाल आउँदैछ । बुधबार आउने टोलीसँग काठमाडौंमा दुई दिनसम्म वार्ता हुनेछ । मलेसियासँग भएको श्रम समझदारीभन्दा पनि उन्नत किसिमबाट एमओयू गर्ने गरी ओमानसँग…

Image

तितोपाटी - गत साता श्रीलंकामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ। गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का जस्ता पहिरनलाई सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको श्रीलङ्का सरकारले…

Image

तितोपाटी - नेपाल र चीनबीच यातायात र पारवहन समझाैताको प्रोटोकलमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि प्रोटोकलमा हस्ताक्षर भएको हो। दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी को रोहबरमा सो प्रोटोकल सहित जम्मा ७ वटा सम्झाैतामा…

Image

तितोपाटी - इन्डोनेसियामा थकाइजन्य रोगबाट २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियामा अहिले हातबाटै मतपत्रको गणना भइरहेको छ । निर्वाचन आयोगका प्रवक्ता एरिफ पि्रयो सुसान्तोका अनुसार १८…

Image

तितोपाटी- श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच शनिबार बिहानै भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। आतंककारीहरू लुकेर बसेको एउटा घरमा सेना तथा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा भएको भिडन्तमा ४ जना मारिएको सेनाका प्रवक्ता सुमिथ अट्टापटुले सञ्चार माध्यमहरूलाई जानकारी दिएका छन्।…

Image

तितोपाटी - राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–उन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन्। रुसी राष्ट्रपति पुटिन र नेता किमबीच रुसको सुदूरपूर्वी सहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ।यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलका विषयमा…

Image

तितोपाटी - साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ । गत मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ यो जानकारी दिएको हो । साउदीको गृह मन्त्रालयले जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी काटेर मृत्यु दिने प्रचलन…

Image

तितोपाटी - श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा मागेका छन् । गत आइतबार भएका श्रृंखलावद्ध बम आक्रमण रोक्न पहल नगरेको भन्दै राष्ट्रपति सिरिसेनाले उनीहरुको राजीनामा मागेका हुन् । बम आक्रमण हुँदैछ भन्ने पूर्वसूचना पाए पनि सरकारलाई जानकारी नदिइएको उनको आरोप छ । बम आक्रमणपछि अनुसन्धानकर्ताहरुले १० दिन अगाडि…

Image

तितोपाटी- श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे। ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै हमला गराइएकाे…