Thursday 1st October 2026

पपुवा न्युगिनीमा आदिवासीबीचको हिंसामा १० महिला र ५ बालबालिकाको हत्या


तितोपाटी – आदिवासीबीच हिंसा भड्किएपछि  पपुवा न्युगिनीको हेला प्रान्तमा कम्तिमा १५ जना महिला र बालबालिकाको नरसंहार गरिएको छ । करिब ८ सय जना बसोबास गर्ने कारिडा गाउँमा सोमबार बिहान आक्रमण गरिएको थियो ।

घटनाको समय गाउँमा रहेका कारिडाको हेल्थ सेन्टरका अफिसर इन चार्ज फिलिप पिमुवाले द गार्जियनसँग कुरा गर्दै घटनामा १६ जना मारिएको बताएका छन् । जसमा एक वर्षको उमेरदेखि १५ वर्षको उमेरबीचमा रहेका ८ बालबालकिा रहेका छन् भने आठ महिला रहेका छन् । ती मध्ये दुई जना गर्भवति रहेका थिए ।

आरएनजीले भने १० महिला र ५ बलबालिकासहित १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । समाचारमा तारी प्रहरी प्रवक्ता थोमस लेभोङ्गोलाई उद्धृत गरिएको छ ।

सोमबार बिहान करिब ६ बजे उक्त घटना भएको थियो । आक्रमणकारीहरुले बन्दुक र धारिलो हतियार प्रयोग गरेका थिए ।

पछिल्लो समय पापुवा न्युगिनीको हेला प्रान्तमा आदिवासी हिंसा जारी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...