Monday 19th October 2026

अफगानिस्तानमा बम विष्फोट हुँदा १२ को मृत्यु


तितोपाटी -अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

आइतबार भएको विस्फोटन पनि त्यसैको शृंखला भएको र विस्फोटमा परी कैयौं घाइते भएको जनाइएको छ। गुप्तचरसम्बन्धी एक कार्यालय नजिकै विस्फोट भएको हो। बताइएको छ।

अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकुको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धी भने हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र एक सय ७९ घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...