Saturday 10th October 2026

कोपा अमेरिका नवाैं संस्करणको उपाधि आयोजक राष्ट्र ब्राजिलले चुम्यो


तितोपाटी – कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै यस पटकको कोपा अमेरिकाको उपाधि उचालेको छ। मारकाना स्टेडियममा आइतबार राती भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल गर्दै जित सुनिश्चित गरेको थियो। सेमिफाइनलमा उपाधि दाबेदाबर मानिएको टोली अर्जेन्टिनालाई हराउँदै उपाधिनजिक पुगेको ब्राजिलको जितमा एभर्टन, ग्याब्रियल जिसस र रिचार्लिसनले समान १/१ गोल गर्दा पेरूका लागि जोजे पाओलो गुइरेरोले पेनाल्टीबाट एक गोल गर्न सफल भएका थिए।

कोपा अमेरिकाको नवौं पटक उपाधि जितेको ब्राजिलले २००७ पछि यस पटक उपाधि जित्न सफल भएको हो। खेलमा ब्राजिलले १५औं मिनेटमा एभर्टनको गोलबाट सुरुआती अग्रता लिएको थियो। जिससको पासमा उनले आकर्षक गोल गर्न सफल भएका थिए। त्यसपछि निकै आक्रामक देखिएको पेरूले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा पेनाल्टीबाट गोल गर्दै खेलमा फर्किने संकेत देखायो। पेरूका कप्तान जोजे पाउलो गुइएरोले गोल गर्दै घरेलु टोलीविरुद्धको अग्रता छोट्याएका थिए। पहिलो हाफको सिटी बज्न बाँकी रहँदा उत्कृष्ट खेल प्रदर्शन गरेका जिससले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए।

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा संयमित हुँदै खेलेको ब्राजिलका लागि ७०औं मिनेटमा झट्का लाग्यो। दोहोरो पहेंलो कार्डको सामना गरेका जिसस मैदान बाहिरिँदा घरेलु टोली बाँकी २० मिनेट १० खेलाडीमा सीमित बनेको थियो। यद्यपि ब्राजिलविरुद्ध पेरूले फाइदा उठाउन सकेन। अन्तिम मिनेटमा ब्राजिलका रिर्चालिसनले पेनाल्टीबाट गोल गर्दै जितलाई सुनिश्चित गरे। पेरूका रक्षक कार्लोस जामब्रानोले ब्राजिलका स्ट्राइकर एभर्टनलाई धकेलेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको अवसर दिएका थिए। पेनाल्टी प्रहारमा आएका रिर्चालिसनले बललाई जाली चुमाए र आयोजक उपाधि उचाल्न सफल भयो।

ब्राजिलले क्वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो भने अन्तिम चारको खेलमा अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो। यस्तै फाइनलमा स्तब्ध बनेको पेरूले क्वार्टरफाइनलमा उरुग्वेलाई पराजित गरेको थियो भने सेमिफाइनलमा साबिक विजेता चिलीलाई ३–० ले स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको थियो। अन्तिम मिनेटमा ब्राजिलका रिर्चालिसनले पेनाल्टीबाट गोल गर्दै जितलाई सुनिश्चित गरे।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...