तितोपाटी - पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको…
तितोपाटी- पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न…
तितोपाटी- अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचार प्रसार अभियान सुरु गरेका छन् । युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन । राष्ट्रपति निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । आइतबारदेखि सुरु भएको प्रचार…
तितोपाटी- अस्ट्रेलियामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार अन्यिन्त्रित हुँदा सडकबार सँगैको रुखमा ठोक्किएको थियो ।कारको अगाडि सिटमा रहेका एक जना…
तितोपाटी - लिबियामा करिब ३०० जना चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । डुंगामा अधिकांश शरणार्थीहरू चढेका थिए । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रवक्ता चार्ली याक्सलेले दएिको जानकारी अनुसार करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा पल्टिएको थियो । १५० भन्दा बढी हराइरहेका छन् । १४७…
विहीबार मुम्बई प्रहरीले बीवाईएल नायर अस्पतालकी २६ वर्षे पायल टाड्वीको सुसाइड नोट सार्वजनिक गरेको छ । उनले मे २२ को दिन आत्महत्या गरेकी थिइन् । आत्महत्याको आफूसँगै अध्ययनरत तीन चिकित्सक विद्यार्थीले दिएको मानसिक यातना, अपमान र दुरव्यवहार जिम्मेबार रहेको उनले नोटमा लेखेकी छिन् । तीन पानाको सुसाइड नोटमा हेमा अहुजा,…
तितोपाटी - अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा ५० भन्दा बढी तालिवान लडाकुको मृत्यु भएको छ । तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तमा पर्ने अब कुमारी इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाईले बताए…
तितोपाटी - म्यानमारमा एक डुंगा दुर्घटा हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जना तीर्थयात्रीको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्। म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुंगामा २५ जना सवार रहेका थिए। महालाइङ नगरमा रहेको एउटा…
तितोपाटी - उत्तर कोरियाले छोटो दुरीका २ वटा क्षेप्यास्त्र जापानिज समुन्द्रमा प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे लगत्ते उत्तरले यो परिक्षण गरेको हो । उत्तर कोरियाले पूर्वी शहर वोन्सानबाट सो क्षेप्यास्त्र प्रहार गरेको थियो । पहिलो क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहानको ५…
तितोपाटी - बेलायतको प्रधानमन्त्रीमा सत्तारूढ कन्जर्भेटिभ पार्टीका बोरिस जोन्सन निर्बाचित भएका छन् । बोरिस भारी बहुमतले निर्बाचित भएपछि बेलायती महारानी एलिजाबेथले उनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियतको सपथ गराएकी हुन्।…
![]()