Friday 3rd May 2024

रूसले पानीमा तैरिन सक्ने परमाणु उर्जा केन्द्र निर्माण गर्यो


तितोपाटी – रूसले पानीमा तैरिन सक्ने परमाणु उर्जा केन्द्रको निर्माण गरेको छ । पानीमा तैरन सक्ने उक्त परमाणु ऊर्जा केन्द्रलाई रूसले यतिखेर समुद्रमा उतारेको छ । यो ऊर्जा केन्द्र आर्कटिक बन्दरगाहको मुरमास्कबाट सुदूरपूर्वमा रहेको चुकोटकासम्म पुग्नसक्छ । यो पूरा यात्रा ५ हजार किलोमिटर लामो छ । आकाडेमिक लोमेनोसेफ नामक यो उर्जा केन्द्र सहजै तैरन सक्छ । यसले दूरदराजको क्षेत्रमा बिजुली आपूर्तिलाई बढावा दिनेछ ।

केन्द्रको मुख्य उद्देश्य चुकोटको चाउन बिलिबिन खनन कम्प्लेक्समा विद्युत उपलब्ध गराउनु रहेको बताइएको छ । ग्रिनपिस संगठनका अनुसार प्रतिकूल मौसम रहेको अवस्थामा यो परियोजना अधिक जोखिमपूर्ण देखिएको छ ।

केही आलोचक संगठनहरुले रूस र सोभियत संघको पछिल्लो परमाणु कार्यक्रमअनुसार अकाडेमिक लोमेनोसेफ मिसनमाथि चिन्ता जाहेर गरेका छन् । आलोचकहरुले यस मिसनबाट आर्कटिक समुद्रमा प्रदूषणको खतरा रहेको दाबी गरेका छन् ।

यो ऊर्जा केन्द्रमा अधिक रेडियोएक्टिभ इन्धन रहेको छ । अकाडेमिक लोमेनोसेफको एक लक्ष्य रूसको आर्कटिक क्षेत्रमा समुद्री तेल भन्डारसम्म विद्युत पुर्याउनु समेत हो ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...