Sunday 12th October 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - उत्तर कोरियाले छोटो दुरीका २ वटा क्षेप्यास्त्र जापानिज समुन्द्रमा प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे लगत्ते उत्तरले यो परिक्षण गरेको हो । उत्तर कोरियाले पूर्वी शहर वोन्सानबाट सो क्षेप्यास्त्र प्रहार गरेको थियो । पहिलो क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहानको ५…

Image

तितोपाटी - बेलायतको प्रधानमन्त्रीमा सत्तारूढ कन्जर्भेटिभ पार्टीका बोरिस जोन्सन निर्बाचित भएका छन् । बोरिस भारी बहुमतले निर्बाचित भएपछि बेलायती महारानी एलिजाबेथले  उनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियतको सपथ गराएकी हुन्।…

Image

तितोपाटी - पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । आइतबार बिहान भएको…

Image

तितोपाटी - जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान 'क्योटो एनिमेशन'को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्। नाम नखुलाइएका…

Image

तितोपाटी- समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् । ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।उनले…

Image

तितोपाटी - यस पटकको विश्वकप क्रकेटको उपाधि इङ्गल्याण्डले चुमेको छ । इङ्गल्याण्ड र न्यूजिल्याण्ड बिच अाज भएको फाइनल खेलमा निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीको आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको हो। रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो ।…

Image

तितोपाटी - अमेरिकामा शनिबार आँधी सँगै वर्षा भइ बाढी पहिरो आएपछि बाढीले डुबाएर जनजीवन प्रभावित भएको सिन्ह्वाले जनाएको छ । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् ।  शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले…

Image

तितोपाटी - इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी…

Image

तितोपाटी - पपुवा न्युगिनीमा आदिवासी समुदायबीच भड्किएको परस्पर हिंसाका कारण २४ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा दुई जना गर्भवती महिलासमेत रहेको प्रहरीले जनाएको छ। हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। पपुवा न्युगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला…

Image

तितोपाटी - पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए। प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा…