Sunday 19th May 2024

इरानद्वारा इराकमा रहेका अमेरिकी सैनिक बेसक्याम्पमा ब्यालेष्टिक क्षेप्यास्त्र आक्रमण


तितोपाटी-इरानले आफ्ना सैनिक जनरल कासिम सुलेमानीलाइ अमेरिकाले हवाइ आक्रमण गरि मारेपछि त्यसो बदलामा इराक स्थित अमेरिकी सैनिक बेसक्याम्पहरूमा आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो।

अमेरिकी रक्षा मन्त्रालयले जनाए अनुसार इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल-असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो। मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही भनेको छैन।

“हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ। राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्,” ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन्।

गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ। इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ। उसका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाटै प्रहार गरिएका हुन्। इरानको रिभोलुसनरी गार्डस्‌ले पनि उक्त हमलालाई आफ्ना सैन्य जेनेरलको हत्याको बदलाका रूपमा अर्थ्याएको छ। “हामी अमेरिकाको आतङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौँ कि इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ,” इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्डस्‌को एउटा वक्तव्यमा उल्लेख छ। सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो।अल-असदमा भएको पहिलो आक्रमणको क‍ेही समयपछि एरबिलमा आक्रमण भएको अल-मयदीन टीभीले बताएको छ।

अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन्। इराकमा अमेरिकाका ५,००० सैनिक रहेका छन्।
-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...