अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी एक हजार जनाको ज्यान गएको र सयौं घाइते भएको समाचारहरू प्रकाशित भएका छन् । भूकम्पले बढि प्रभावित भएको पक्तिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हाजिफीलाइ उधृत गर्दै १,००० जनाको मृत्यु भएको र १,५०० भन्दा बढी घाइते भएको समाचार बीबीसीले जनाएको छ । अफगानिस्तानको दक्षिण-पूर्वी सहर खोस्टबाट…
अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ८० भन्दा बढिको मृत्यु भएको र दर्जनाै घाइते भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । ६.१ रेक्टर स्केलको उक्त भूकम्प दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा गएको थियो । अफगानिस्तानको दक्षिण-पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर…
बेलायतको जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बेलायत सरकारले सुपुर्दगी गर्ने निर्णय गरेको छ । अमेरिकी पक्षबाट सुपुर्दगीका लागि माग गरिएकोमा बेलायत सरकारले त्यसलाई सदर गरिदिएको हो । अष्ट्रेलियन नागरिक असान्जमाथि जासुसीसहित विभिन्न १८ वटा मुद्दा लगाइएका छन् । २०१० मा अमेरिकाका अति गोप्य हजारौं गोप्य सूचना सार्वजनिक गरेपछि उनी…
तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ । एकातिर भारत…
अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् । ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने कि नदिने बहस चलिरहेका बेला घटना…
सुडानमा १५ हजार भन्दा बढी भेडा बोकेको पानी जहाज डुबेको कुरा त्यहाँको सरकारी समाचार संस्था सुनाले जनाएको छ । गत शनिबार ११ जुनमा भएको उक्त पानी जहाज दुर्घटना सुडानको सुआकिनको ओस्मान डिग्ना बन्दरगाह छाेडेको केही बेरमा भएको थियो साउदी अरबको जेद्दामा पठाउन लागिएको १५,८०० भन्दा बढी भेडा बोकेको उक्त जहाज…
तोयानाथ उपेक्षित, तीतोपाटी / भारतीय खाद्यान्न लगायतका उसका उत्पादनहरुलाई खाडी राष्ट्रमा बहिस्कार एवं निषेध गर्ने क्रम बढेको छ । कुवेतले पनि भारतीय बजारको रुपमा रहेको आफ्नो भूमिमा उसका उत्पादनमाथि रोक लगाउन खोजेको देखिएको छ । त्यसको आपुर्तिको विकल्पका रुपमा ईरानबाट सामान सप्लाई हुने व्यवस्था गरेको छ । यस्तो अवस्था एकाएक…
पाकिस्तानमा गुडीरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । रेलसेवाका प्रहरी अधिकारी फैजल शखरले मंगलबार यस घटनाबारे पत्रकारलाई जानकारी गराउने क्रममा बलात्कृत महिला दुई…
हिजोदेखि हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा…
सरकारले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यसको स्वागत गरेको छ। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा. बद्री केसीले स्वागत गरेका हुन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी…
![]()