Saturday 10th October 2026

अफ्गानिस्तानमा महिलालाइ उच्च शिक्षा हासिलमा प्रतिबन्ध लगाएपछि सरकार विरोधी प्रदर्शन


अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाइ उच्च शिक्षा अध्ययनमा प्रतिबन्ध लागएको छ । विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध जनाएका छन् । राजधानी काबुलमा बुर्का तथा कालो लुगा लगाएका विद्यार्थीहरू भेला भएर सरकारी कदमको बिरोध जनाएका हुन् । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई अनिवार्य गरेको छ ।

विश्वविद्यालय प्रतिबन्धको खबरपछि कतिपय विद्यार्थीहरूलाई साथीहरू र परिवारले सान्त्वना दिन थालेका छन् । तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...