Thursday 28th March 2024

अफ्गानिस्तानमा महिलालाइ उच्च शिक्षा हासिलमा प्रतिबन्ध लगाएपछि सरकार विरोधी प्रदर्शन


अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाइ उच्च शिक्षा अध्ययनमा प्रतिबन्ध लागएको छ । विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध जनाएका छन् । राजधानी काबुलमा बुर्का तथा कालो लुगा लगाएका विद्यार्थीहरू भेला भएर सरकारी कदमको बिरोध जनाएका हुन् । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई अनिवार्य गरेको छ ।

विश्वविद्यालय प्रतिबन्धको खबरपछि कतिपय विद्यार्थीहरूलाई साथीहरू र परिवारले सान्त्वना दिन थालेका छन् । तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...