Tuesday 28th April 2026

नेपाल टी-२० लिग विवाद : अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌का प्रतिनिधि नेपालमा


काठमाडौंमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपाल आएका छन्।आइसिसी प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका छन्। आइसिसी प्रतिनिधिले बिहीबार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका हुन्।

आइसिसीका एन्ड्रयू इफग्रेभसहितको टिम बुधबार आएको थियो।यसअघि आइसिसीका प्रतिनिधिले बुधबार विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिवि मैदानमा गएर निरीक्षण गरेको थियो।त्यसपछि नेपाल टी-२० का प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो। भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट, अम्पायर र खेलाडीसँग पनि भेट गरेको थियो।

यस्तै क्रिकेट प्रतियोगिताबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दियो।जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको आशंकापछि आइसिसिले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको हो।

विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो।छानबिन समिति बनाएको जानकारी गराएपछि आइसिसि प्रनिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो।

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र…

तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको…

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

प्रतिकृयाहरू
...