Thursday 15th October 2026

नेपाली राजदुत भण्डारी र कुवेतका सभामुख बिच भेटबार्ता


कुवेतका लागि नेपाली  राजदूत  दुर्गाप्रसाद भण्डारीले आज कुवेतको संसदका (National Assembly) सभामुख (Speaker/President of National Assembly of Kuwait) महामहिम Ahmed Abdulaziz Al-Sadoun सँग कुवेत सिटी स्थित   (National Assembly) मा शिष्टाचार भेट भएको  छ  । उक्त अवसरमा महामहिम राजदूतले H.E Ahmed Abdulaziz Al-Sadoun लाई   कुवेतको National Assembly को Speaker को सम्मानित पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई  ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेको  नेपाली दुतावासले जनाएको छ   ।
भेटका अवसरमा  नेपाल र कुवेत बीचको द्विपक्षीय सम्बन्ध एवंम  आपसी हितका विषयमा कुराकानी भएको थियो  ।   विशेषतः द्विपक्षीय सम्बन्धलाई  आगामी दिनमा थप विकसित र विस्तार गर्दै लैजाने, दुर्ई देशका संसदहरू बीचको सम्बन्धलाई  थप गतिशिल बनाउने, भ्रमणको आदान-प्रदान लगायत कुवेतको श्रम बजारमा नेपालीहरूको सहभागिता एवं अवस्था आदिबारेमा  कुराकानी भएको दुतावासले जनाएको छ  ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...