Saturday 5th July 2025

नेपाली राजदुत भण्डारी र कुवेतका सभामुख बिच भेटबार्ता


कुवेतका लागि नेपाली  राजदूत  दुर्गाप्रसाद भण्डारीले आज कुवेतको संसदका (National Assembly) सभामुख (Speaker/President of National Assembly of Kuwait) महामहिम Ahmed Abdulaziz Al-Sadoun सँग कुवेत सिटी स्थित   (National Assembly) मा शिष्टाचार भेट भएको  छ  । उक्त अवसरमा महामहिम राजदूतले H.E Ahmed Abdulaziz Al-Sadoun लाई   कुवेतको National Assembly को Speaker को सम्मानित पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई  ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेको  नेपाली दुतावासले जनाएको छ   ।
भेटका अवसरमा  नेपाल र कुवेत बीचको द्विपक्षीय सम्बन्ध एवंम  आपसी हितका विषयमा कुराकानी भएको थियो  ।   विशेषतः द्विपक्षीय सम्बन्धलाई  आगामी दिनमा थप विकसित र विस्तार गर्दै लैजाने, दुर्ई देशका संसदहरू बीचको सम्बन्धलाई  थप गतिशिल बनाउने, भ्रमणको आदान-प्रदान लगायत कुवेतको श्रम बजारमा नेपालीहरूको सहभागिता एवं अवस्था आदिबारेमा  कुराकानी भएको दुतावासले जनाएको छ  ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...