Wednesday 7th October 2026
विविध
Image

तितोपाटी - पर्साको पर्सागढी नगरपालिका–१, पिप्रोधमा आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै एक किशोरले किशोरीलाई छुरा प्रहार गरेका छन्। पर्सागढी नगरपालिका–१, मनवाकी १८ वर्षीया शकुन्तला कुमारीलाई छिमेकी गाउँ भटेनीका १८ वर्षकै जयकिशोर चौधरीले सोमबार छुरा हानेका हुन्। छुराले शकुन्तलाको तिघ्रामा सात इन्च गहिरो घाउ भएकोे छ भने नाक र ओठमा पनि चोट…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । चावहिल स्थित मालपोत कार्यालयका मालपोत अधिकृत सहित १६ जना कर्मचारी भ्रष्टाचार मुद्दामा अदालत धाउन पर्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पछि सो विषय सार्वजनिक भएको…

Image

तितोपाटी - भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबाद र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको हो। समाजसेवी तथा माइती इन्डियाका कार्यकर्ता बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ। समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न…

Image

तितोपाटी डट कम-निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ।अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरेको हो।परिवारका सदस्यहरुलाई भने शनिबार मात्रै जिम्मा लगाइएको छ। प्रहरीले शुक्रबार बालबालिका खोजतलास…

Image

तिताेपाटी - सामाजिक संजालमा भेटिएको एउटा दुर्लभ तस्वीरले सोच्न बाध्य बनायो । आज नेपाल आइडलको फिनाले । फिनालेमा पुगेका ४ जना मध्ये एक जनाको तस्विर थियो त्यो । हुन त यो तस्वीरले अरुलाई के कति छुन्छ थाहा छैन तर मलाई निकै हदसम्म यो तस्वीरले सोच्न बाध्या बनायो । नेपाल आइडलमा…

Image

तिताेपाटी— नेपाली कांग्रेसका नेताहरुबीच शुक्रबार बिहान भएको छलफलमा पार्टीको सात जातीय क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ७ सहमहामन्त्री थप्ने र कोषाध्यक्षबाहेक सबैको निर्वाचन गर्ने सहमति भएको छ । यो सहमतिसँगै कांग्रेसको केन्द्रिय पदाधिकारीको संख्या १३ पुग्ने भएको छ। जसमा सभापति, २-उपसभापति, २-महामन्त्री, ७-सहमहामन्त्री र एकजना कोषाध्यक्ष रहने छन्। महासमितिको सातौं दिनमा…

Image

तिताेपाटी – म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित…

Image

तिताेपाटी – पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पुर्याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए…

Image

पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको डण्डामा भएको बस दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु  भएको छ। बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। पूर्व काँकडभिट्टाबाट बुटवलकालागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस विहिबार दुर्घटना हुँदा भारतको महाराजगंज बुलेरिया नौग्राम घर भएका ३५ बर्षका गौरीशंकर धोवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले…

Image

तितोपाटी - दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ। केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए। सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे,…