Sunday 5th May 2024

दोस्रो नेपाल आइडल रवि ओडको आमा विष्नादेवीकाे करेन्ट लागेर मृत्यु


तितोपाटी – दोस्रो नेपाल आइडल रवि ओडको आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीकाे अनुसार बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हाे।  बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरे गरेकाे छ ।

बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो।

कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।

विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।
– News24nepal


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...