Saturday 1st August 2026

धनुषामा घरायसी विवादमा अामाद्वारा २ छोरासहित विष सेवन गरी अात्महत्याको प्रयास, ३ वर्षिय एक छोराको मृत्यु


तितोपाटी – धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्।

जबरजस्ती विष खुवाएको ३ वर्षीय कान्छो छोरा रितेश यादवको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षीय रितिक यादव र आमा रिनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रिनाको उपचार जनकपुरस्थित जानकी हेल्थकेयरमा भइरहेको छ भने रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीले जानकारी गराएका छन्।

कान्छो छोरा रितेशको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति घरमा सासूसँग विवाद भएपछि मंगलबार बिहानै रिना दुवै छोरालाई लिएर घरबाट निस्केकी थिइन्।

उनलाई खोज्न घरपरिवारका सबै बिहानैदेखि लागेका थिए। वैदेशिक रोजगारबाट एक महिनाअघि मात्रै घर फर्किएका उनका श्रीमान रविन्द्र पनि श्रीमति र बच्चालाई खोज्दै हिँडेका थिए। यता, रिनाले जनकपुरधाम उपमहानगरपालिका मुजेलिया नजिकै कवर्ड हल अगाडी दुई छोरालाई विष खुवाई आफू पनि विष सेवन गरेर परालको टाल मुनि लुकेर बसेकी थिइन्।

विष खुवाए पछि कान्छो छोरा र रिना बेहोस् भएका थिए भने जेठो छोरा रितिक होसमै थिए। उनी टालबाट निस्केर बरबराउँदै आफ्नो आमाले भाइ र आफूलाई विष खुवाएको भनि हल्ला गर्दै भौतारिएका थिए। उनको मुखबाट समेत र्याल र सिगान निस्की राखेको थियो।

यसै क्रममा दिउँसो ३ बजेतिर छट्पटाउँदै बरबराई राखेका रितिकलाई स्थानीयले देखेपछि स्थानीयकै सहयोगमा तीनैजनालार्ई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो रितेशको बाटैमा ज्यान गरेको थियो भने आमा रिना बेहोस् भएकी थिइन्।रिनाको अवस्था चिन्ताजनक रहेको तर जेठो छोरा रितिकको अवस्थामा सुधार आएको चिकित्सकले जानकारी गराएका छन्।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...