छिमेकीले रकेट बनायो यान बनायो । ठूला-ठूला राष्ट्रसंग चिनजान बनायो । बाँदर जस्तै देखिने केही मान्छेहरुले न देश बनायो न देशको पहिचान बनायो । यो समय पनि त कहाँ बिश्वाशिलो रहेछ हिजोका लुटेरालाई आज महान बनायो । मलाइ पत्थर संग यत्ती सोध्न मन छ मान्छेले कसरी तिम्लाई भगवान बनायो ।
राम बहादुर बस्नेत मुटुको पनाभारी लेखे जिन्दगीलाई । हरेक प्रहार सपनीमा देखे जीन्दगीलाई ।। गासबास को अभाब मनमा उसैको पिडा जसोतसो समालेर राखे जिन्दगीलाई ।। खुसी र शुखी जिबनको चाहा राखी स्वार्थी बस्ने सहरमा बेचे जीन्दगीलाई ।। मुटु भरि घाउवोकी सयौ खोला पार गर्दै धेरै टाडाको क्षितिज पारी भेटे जिन्दगीलाई…
माधब पाैडेल 'असल यात्री' एक झुण्ड मानिसहरुको भिड थियो नजिकै चिल्लो गाडी रोकिएको थियो पछाडि ढोका खुल्यो सरकारी पोशाकधारी ओर्लिए हतार हतार दौडिदै दाहिने पट्टीको ढोका खोले र बुट बजार्दै सलुट गरे हाम्रो गाँउको बिर बहादुर दौरा सुरुवालमा सजिएर आएका रहेछन् ऐना झै टल्कने कालो जुत्ता देखाउदै ओर्लिए सबै एक…
जानकी जानु ओछ्यान न्यानो हुँदा मज्जा मान्ने तिमी जातको कुरा गर्दा लज्जा मान्ने तिमी ।। रजनीगन्धको सुवासमा मृगतृष्णा मेट्ने तिमी …
जानकी जानु - जुनकिरीको किरकिर आवाज अनि गैरी खेतबाट सुनिने भ्यागुताको ट्वार ट्वार आवाज र औँशीको कालो रातको चित्कार संगै मनमा हजारौँ प्रश्न हरुले आफैलाई प्रतिप्रश्न गरि रहेको छ । तर म नाजवाफ भएर सोच्दै छु कि म को हुँ ? तर पनी म संग जवाफ छैन र म दमनमा परि रहेको…
-रमिला हुमागाइ प्यारो छोरा, तिमीलाई सम्झना होला नहोला, तिम्रो बुबा जवान हुँदा हाम्रो धेरै सम्पती थियो अनि एउटा बेग्लै इज्जत थियो। तिमीलाई थाहा छ? म सानी हुदा कहिले देवि भनेर पुजिन्थे त कहिले लक्ष्मी भनेर । उमेर बड्दै गयो म हुर्कदै गए। छोरी,बुहारी,श्रीमती यस्तै के के भनेर पुकारिए। केही पछि…
-गगन सिंह बिष्ट बाबु तिमी प्रदेशमा नरजर छौ नजर बन्द मलाई थाहा छ । लाग्नेछ मेरो माया सधै तिमीलाई सुगन्ध मलाई थाहा छ । आशिर्बाद छ बाबु सधै भरि यो निष्ठुरी आमाको तिमीलाई जिबनमा मुस्कुराई रहन्छौ सधै मन्द मन्द मलाई थाहा छ ।। मैलै नौ महिना गर्भ बोकी दुई वर्ष…
-हरि कंडेल स्वार्थ लुट्नेहरुको बोलीमा मिठास हुने छ । साच्चै माया प्रेम यिनी हरुको खास हुने छ । चिनेका दुश्मनुबाट त टाढा जान सक्छौ आफ्नो बनेर बस्ने दुश्मन आसपास हुने छ ।। धन सम्पत्ति भनेर किन दुश्मनी बनाउछौ थाहा छैन हाम्रो काहा अन्तिम बाँस हुने छ ।। यहाँ करोडौंका मालिक…
जानकी जानु - चिसो सिरेटोमा चियाको चुस्कीको मजा नै बेग्लै हुन्छ । चुलोमा सल्केको आगोको तापमा बसेर अल्लारे पारामा भाइ बहिनी संग जिस्कंदै भुटेको मकै टोक्दै पुराना राजा रानीका कथा मधुमालतीका कथा सुन्न र सुनाउन कति आनन्दीत हुन्थ्यो । त्यति बेला न टेलिफोनको सुबिधा नै थियो न त टेलिभिजनको नै ।…
तितोपाटी-अभिनेता किरण केसीले दर्शकमार्फत पाएको उपनाम राता मकैको नाममा प्रवेशद्वार निर्माण गरेका छन्। कलाकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका किरणले निर्माण गरेको रात मकै गेटको आइतबार ललितपुरको लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र मह जोडीले संयुक्त रूपमा उद्घाटन गरे। ‘आफ्नो ठाउँ आफंै बनाउनु पर्छ’, मेयर श्रेष्ठले भने, ‘किरणजीको विकास निर्माणको…