Wednesday 30th September 2026

#गजल# -लक्ष्मी ढकाल


फल भनेर हुँदैन हजुर भक्किउँलाे कति अमिलाे हुन्छ !
महले मुख बिगारेकाे बा लाइ याे नै अझ स्वादिलाे हुन्छ!

अाफै अाैँसीले पनि पटक-पटक प्रश्न गर्छ चन्द्रमालाइ,
म हटे पछी तिम्राे मुहार किन? सुन्दर हँसिलाे हुन्छ !

त्याे झुपडीमा चाडबाड अाउँछ विरहकाे भाका पाेख्दै,
यहाँ सँधै सुख कटाउने महल अझ भड्किलाे हुन्छ !

अाज बाँचुन्जेल जाेहाे गरि राख्ने पैसा बाकस भरी,
भाेली अन्तिम बाटाे अाफु हिँड्दा छर्ने त्यही टिलाे हुन्छ!

उनले याद हरु उधाराेमा नपठाएकै जाती हुन्थ्याे,
रित्ताे-रित्ताे मुटु बाेकेर हिँड्न मलाई सजिलाे हुन्छ !

लक्ष्मी ढकाल
पुरानाे बानेश्वर, काठमाण्डाैं


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...