Saturday 31st October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले जनाएको छ। रुसी आक्रमणबाट खेर्सन क्षेत्रमा १४ जना घाइते भएका छन्। आवासीय घर, सामाजिक पूर्वाधार तथा अन्य नागरिक संरचनामा क्षति पुगेको छ। युक्रेनले नोभोरोसिस्कस्थित रुसको प्रमुख नौसैनिक आधारमा मिसाइल, ड्रोन…

Image

रुसको आर्कटिक क्षेत्रमा रहेको अमेरिकी प्रतिबन्धित LNG परियोजना Arctic LNG-2 बाट ग्यास ढुवानी गर्न रुस र चीनले उत्तरी समुद्री मार्ग (Northern Sea Route) को प्रयोग उल्लेखनीय रूपमा बढाएका छन्। प्रतिबन्धित रूसी LNG कार्गो जहाजमार्फत रुसबाट चीन पुर्‍याइएको तथ्य उपग्रह तस्वीर र जहाज ट्र्याकिङ तथ्यांकले देखाएको छ। युक्रेन युद्धपछि आर्कटिक मार्गमा…

Image

- राज मल्ल कुवेतमा नेपालीको संख्या पछिल्लो समय करिब दुई लाखको हाराहारीमा पुगिसकेको छ। यो केवल एउटा संख्या होइन, लाखौँ सपना, आशा, संघर्ष र परिवारको भविष्यसँग जोडिएको संख्या हो। हजारौँ नेपालीले कुवेतको चर्को गर्मी, कठिन श्रम र अनेकौँ चुनौतीबीच इमानदारीपूर्वक पसिना बगाइरहेका छन्। कसैले घर बनाएका छन्, कसैले छोराछोरीको भविष्य…

Image

कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले कुवेतमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार आगामी ११ सेप्टेम्बर २०२६ (शुक्रबार) साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली…

Image

नेपालमा बढ्दो बेरोजगारी र वैदेशिक पलायनको चुनौतीबीच युवा उद्यमशीलता प्रवर्द्धनको आवश्यकता थप महसुस गरिएको छ। विज्ञहरूले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने क्षमतातर्फ उन्मुख गराउन सीप, पुँजी, बजार र नीतिगत सहजीकरणमा जोड दिएका छन्। युवा उद्यमीहरूका लागि सहुलियतपूर्ण ऋण, स्टार्टअप कोष, व्यवसाय परामर्श तथा मेन्टरसिप कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिइएको…

Image

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि सिंगापुरबाट हङकङ हुँदै बिहीबार नेपाल फर्किएका छन्। उनी फागुनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए। देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस कार्यकर्ताले बाजागाजा र झाँकीसहित भव्य स्वागत गरेका छन्। उनी शुक्रबार काठमाडौंमा हुने कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम…

Image

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्। मृतकहरूमा १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्। पहिरोमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती…

Image

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले नेपाली राजदूतावास कुवेतसँग उनको खोजी तथा उद्धारका लागि पहल गर्न अनुरोध गरेको छ। वडा कार्यालयका अनुसार करिब १० महिनाअघि कुवेत पुगेकी पूजा पछिल्लो ६ महिनादेखि परिवारसँग सम्पर्कविहीन छिन्। लामो समयसम्म…

Image

कुवेतमा आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्दै लुलु ग्रुपले जाबेर अल-अहमदस्थित जाबेर मलमा नयाँ हाइपरमार्केट सञ्चालनमा ल्याएको छ। यससँगै कुवेतमा लुलुका स्टोरहरूको संख्या १९ पुगेको छ। नयाँ हाइपरमार्केटको उद्घाटन कम्बाइन्ड ग्रुपका उपाध्यक्ष राद खलाफ अल अब्दुल्लाहले गरेका थिए। कार्यक्रममा कुवेतका लागि भारतीय राजदूत परमिता त्रिपाठी, यूएईका राजदूत डा. मातार हमेद…

Image

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरू सम्बोधन नभएसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रमिक पठाउने प्रक्रिया रोक्ने अडान कायम राखेको छ। संघले वैदेशिक रोजगार क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्याको समाधान माग गर्दै आन्दोलन जारी रहेको जनाएको छ। संघका अनुसार हालको सेवा शुल्क व्यवस्था, वैदेशिक रोजगार ऐनका केही प्रावधान तथा व्यवसायीमाथि…