Monday 21st September 2026

थाइल्याण्डको दक्षिणी क्षेत्रमा आगजनी र बम हमला, सुरक्षा सतर्कता कडा


थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय, सवारीसाधन, दूरसञ्चार टावर र अन्य सरकारी संरचनामा क्षति पुगेको छ भने तीन जना सर्वसाधारण घाइते भएका छन्।

अधिकांश आक्रमण नाराथीवाट प्रान्तमा भएका थिए, जहाँ सडकछेउमा भएको बम विस्फोटमा दुई महिला र एक युवक घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ र अवस्था स्थिर रहेको जनाइएको छ।

घटनापछि स्थानीय प्रशासनले नाराथीवाटमा कर्फ्यु लागू गरेको थियो। रेलमार्गमा विस्फोटबाट क्षति पुगेपछि केही रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। सुरक्षा निकायहरूले सरकारी कार्यालय, विद्युत् पोल तथा दूरसञ्चार पूर्वाधारमा भएको क्षतिको अनुसन्धान गरिरहेका छन्।

थाई सेनाले पछिल्ला दुई महिनादेखि यस्ता आक्रमण हुन सक्ने गुप्त सूचना प्राप्त भए पनि समय र स्थानबारे स्पष्ट जानकारी नभएको जनाएको छ। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

मुस्लिम बहुल दक्षिणी क्षेत्रका विद्रोही गतिविधिका कारण सन् २००४ यता थाइल्याण्डको यो क्षेत्रमा ७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। सरकारले सुरक्षा व्यवस्था थप कडा बनाउँदै शान्ति वार्तालाई अघि बढाउने प्रयास जारी राखेको जनाएको छ।
-Aljazeera

https://www.aljazeera.com/news/2026/8/23/dozens-of-attacks-in-southern-thailand-wound-three-people


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

काठमाडौं — नेपाल र साउदी अरबबीच हवाई यातायात सेवा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले सोमबार काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ।…

प्रतिकृयाहरू
...