Monday 21st September 2026

तालीबान सत्ताको ५ वर्ष, महिलामाथि प्रतिबन्ध यथावत


अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष बित्दा पनि महिलामाथिका कडा प्रतिबन्धहरू जारी रहेका छन्। महिलाहरूलाई उच्च शिक्षा, धेरैजसो रोजगारी र स्वतन्त्र आवतजावतमा रोक लगाइएको छ।

उत्तरी अफगानिस्तानमा एक १८ वर्षीया युवतीले घरेलु हिंसाको आरोप लगाउँदै सम्बन्धविच्छेदको माग गरेपछि तालिबान प्रशासनभित्र महिलाप्रतिको दृष्टिकोण फेरि चर्चामा आएको छ। स्थानीय गभर्नर अब्दुल्लाह सरहादीले विवाह जोगाउन आग्रह गरे पनि युवती आफ्नो निर्णयमा अडिग रहेकी थिइन्।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले महिला अधिकार र शिक्षासम्बन्धी सबै निर्णय शरिया कानुनअनुसार हुने बताएका छन्। यद्यपि, धेरै अफगान महिलाले शिक्षा र स्वतन्त्रतामाथिका प्रतिबन्धले आफ्नो भविष्य अन्योलमा परेको गुनासो गरेका छन्।

गरिबी, बेरोजगारी र आर्थिक संकट अझै गम्भीर समस्या बनेका बेला महिला अधिकारको अवस्था अन्तर्राष्ट्रिय समुदायको प्रमुख चिन्ताको विषय बनेको छ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...