Monday 21st September 2026

गिनीमा भारी वर्षाको कारण फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु


पश्चिम अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल) पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। भारी वर्षापछि आइतबार बिहान फोहोरको थुप्रो खस्दा नजिकका बस्ती पुरिएका हुन्।

घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने उद्धार टोलीले अझै बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेको छ। सरकारका अनुसार घाइतेहरूको उपचार र प्रभावित परिवारलाई सहयोगको व्यवस्था गरिएको छ।

स्थानीय अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्। दुर्घटना भएको फोहोर थुप्रो क्षेत्र आइतबारदेखि बन्द गर्ने योजना रहे पनि त्यसअघि नै यो दुःखद घटना भएको हो।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

काठमाडौं — नेपाल र साउदी अरबबीच हवाई यातायात सेवा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले सोमबार काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ।…

प्रतिकृयाहरू
...