भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म ‘स्वीप अपरेसन’ सुरु गरेको छ। प्रहरीका अनुसार अपरेसनका क्रममा नदी किनारमा भेटिने शव, मानव अंग तथा अन्य भौतिक वस्तुहरू संकलन गरिनेछ। भदौ १० गते आएको विनाशकारी बाढीमा हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३०…
वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला गरेको छ। खुला गरिएको कोटामध्ये १,१३२ महिला र ३३२ पुरुष रहेका छन्। छनोट भएका कामदारले मासिक ५,८८१ इजरायली मुद्रा (एनआईएस) न्यूनतम तलब पाउनेछन्। आवेदन दिन इच्छुक व्यक्ति २५ देखि ४५…
यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक शिशुसहित तीन बालबालिकाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। सरकारी सञ्चारमाध्यमले पछिल्लो ४८ घण्टाभित्र भएको यो दोस्रो आक्रमण भएको जनाएको छ। यसअघि भएको अर्को आक्रमणमा पनि…
लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा पहिरो खस्दा काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। रसुवामा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाका मुख्य राजमार्गहरू पनि प्रभावित भएका छन्। धादिङको कृष्णभीरमा पहिरो गएपछि…
बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। दादुरा अत्यन्त छिटो सर्ने रोग हो, जसले ज्वरो, शरीरमा दाना आउने तथा गम्भीर…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध जारी राख्न नसक्ने र चुनावलगत्तै संघर्ष अन्त्य हुने दाबी गरेका छन् । ट्रम्पले युद्धका कारण बढेको तेलको मूल्य पनि चुनावपछि घट्न थाल्ने बताएका छन्। उनका अनुसार हालको आर्थिक दबाब इरानलाई…
यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल ट्यांकर र व्यापारिक जहाजहरू आवतजावत गर्छन्। इरान र अमेरिकाबीच तनाव बढेपछि साउदी अरेबियाले आफ्नो तेल निर्यातका लागि यो मार्ग बढी प्रयोग गर्न थालेको छ। तर इरान समर्थित हुथी विद्रोहीहरू ले…
फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ। आगलागीपछि हालसम्म ४३ जनाको उद्धार गरिएको छ भने ८६ जना अझै सम्पर्कविहीन रहेका छन्। राजधानी मनिलाबाट कोरोनतर्फ जाँदै गरेको उक्त फेरीमा ११७ यात्रु र १७…
बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित बेलायती कन्सुलेट बन्द गर्न निर्देशन दिएको छ। उसले जेरुसेलमस्थित बेलायती कन्सुलेट ३० दिनभित्र बन्द गर्न निर्देशन दिएको हो। यस कदमले इजरायल र केही पश्चिमी मुलुकबीच कूटनीतिक तनाव थप बढाएको छ।…
पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र ड्रोन आक्रमण भइरहेका छन्, जसले जनजीवन निकै कठिन बनाएको छ। त्यहाँ सहरका अधिकांश पुल नष्ट भइसकेका छन् र मानिसहरू सुरक्षा चिन्ताका कारण हतियार बोकेर हिँड्न बाध्य छन्। युद्ध विश्लेषकहरूका अनुसार…
![]()