तितोपाटी - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ । आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पु¥याएको छ ।…
तितोपाटी - पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन् । दुर्घटनामा मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान…
तितोपाटी - यूकेको डोभर बन्दरगाहमा एक जना भियतनामी किशोरलाई सुटकेशमा बन्द गरी मानवतस्करी गर्न खोजेको अभियोगमा एक जना पुरुषलाई पक्राउ गरी मुद्दा चलाइएको छ। अन्दाजी १६ वर्षीय ती किशोरलाई जीवन सङ्कटमा पर्ने शारीरिक लक्षणहरू देखिएपछि अस्पताल लगिएको थियो। बुधवार स्थानीय समयअनुसार रातिको साढे आठ बजे यूके बोर्डर फोर्सका अधिकारीहरूले फेला पारेका…
तितोपाटी डट कम - नेकपा नेतृत्वको सरकारमा ईश्वर पोखरेल र उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएको छ। रक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार शुक्रवार नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त संघीय समाजावादी फोरम नेपालका अध्यक्ष यादवलाई पनि उपप्रधानमन्त्री बनाइएको छ। प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रममा पोखरेल र त्यसपछिको तेस्रोमा यादव रहनेछन्।…
तितोपाटी - रक्षा नेपालको रोहबरमा रहेकी पूजा बोहोरा आफूलाई रक्षा नेपाल सञ्चालिका मेनुका थापाले याताना दिँदै राखेको बताएकी छिन् । २०६८ सालमा सामूहिक बलात्कार भएकी पूजा त्यस पछि रक्षा नेपालको रोहबरमा थिइन् । त्यसयताको अहिले सम्मको समय पूजाले रक्षा नेपालमानै बिताएकी थिइन् । तर, अहिले उनी त्यस संस्थाबाट पनि निकालिएकी छिन्…
तीतोपाटी डट कम- रोजगारीको लागि कुवेत आएका नवलपरासी बर्दाघाट नगरपालिका वार्ड नं ५ स्थायी निवासी हेमा मगर विगत तिन वर्षदेखि सम्पर्क बिहिन रहेकोले खोजिदिनको लागि परिवारले आग्रह गरेका छन् | मगरका ससुरा हर्कबहादुरद्वारा राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीलाई सम्बोधन गर्दै खोजी दिन आग्रह सहितको निवेदन पेश गरेको छ | निवेदनमा…
तितोपाटी - बसन्त थापा- तीतोपाटी डटकम-रोजगारीको शीलशिलामा गुल्मि ज़िल्ला दरबार गाउँपालिका-२ घर भई हाल बकुलघाट रुपन्देही बस्दै आएका अंदाजी ४० बर्षका हुम बहादुर रासकोटीको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा हिजो मेई ३०- २०१८ का दिन मृत्यु भएको छ। हिजो बेलुका एक्कासी पेट दुखेको र संगै बस्ने साथीलेनै मृतक हुम बहादुरलाई उपचारको…
तितोपाटी - घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनका कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक शंकरप्रसाद धिताललाई घुससहित रंगे हात पक्राउ गरेको हो। रत्ननगर ९ घर भएका धिताललाई अख्तियारको टोलीले २५ हजार नगदसहित पक्राउ गरेको हो। थोरै क्षेत्रफल भएको जग्गालाई नक्सामा धेरै बनाइदिने भन्दै…
तितोपाटी - गर्भवती भएका बेला धेरैजसाे महिलाहरूलार्इ वाकवाकी लाग्ने गर्छ । जसले गर्दा खानेकुराहरू गनाउने, खानामा अरूची हुने गर्छ । चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । स्ट्रेस र थकानका कारण पनि…
एजेन्सी - गत हप्तादेखि हिंसा झनै मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन । त्यहाँ लुटेराहरुको एक हतियारधारी समूहले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ११ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् । जाम्फरा राज्यमा हिंसाको क्रम नरोकिएको र…