Tuesday 3rd December 2024

तारा एयरको विमान जुम्लामा दर्घटना(फोटो फिचर सहित)


तितोपाटी – नेपालगञ्‍जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान जुम्ला खलंगा विमानस्थलमा दुर्घटना भएको छ। नेपालगञ्‍ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ एइभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा टायर पंचर भएर दुर्घटना भएको हो।

नेपालगञ्‍जबाट उडेको जहाज जुम्ला विमानस्थलसम्म पुग्नका लागि २५ मिनेट लगाउँछ। विमानलाई पाइलट जेकेनिरौला र को-पाइलट हिक्मत रोकाया उडाएका थिए। विमान अवतरणका क्रममा अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पंचर हुँदा जहाज धावनमार्गभन्दा बाहिर गएर जालीमा ठोकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डा.तपनकुमार दाहालले बताए।

‘टायर पंचर भएपछि धावनमार्गबाट असन्तुलित हुँदै धावन मार्गभन्दा बाहिर निस्केको थियो’, उनले भने, ‘विमानमा सवार सबै सकुशल रहेका छन्।’

जहाजको नोज (अगाडिको भाग)मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। ‘१८ जना सवार जहाज अवतरणका क्रममा टायर दुर्घटना भएको हो’, उनले भने।


सम्बन्धित शीर्षकहरु

केही पुस्ताको लागि, क्यान्सरले मेरो परिवारमा आफ्नो कालो छाया छायो: मेरी आमा र काकी दुवैले यसको विरुद्धमा केही लडाइँहरू जितेका…

टिबिलिसी: जर्जियामा आइतवार दशौं हजारौंले EU सदस्यता वार्ता स्थगित गर्ने सरकारी निर्णयको बिरूद्ध चौथो दिनको विरोध प्रदर्शनमा भाग लिए, प्रधानमन्त्रीले…

त्रिपुराको राजधानी अगरतलास्थित बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोड भएको घटनाप्रति बंगलादेशको विदेश मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ । बंगलादेशको विदेश…

प्रतिकृयाहरू
...