Monday 7th September 2026

कतार जाने नेपाली कामदार २० प्रतिशतले गिरावट


तितोपाटी – खाडी मुलुक कतारमा नाकाबन्दी भएको यो एक वर्ष पुग्याे, यस अवधिमा त्यहाँ जाने नेपाली कामदारको सङ्ख्या करिब २० प्रतिशतले घटेको छ । सरकारी तथ्याङ्कअनुसार कामदार घटेसँगै कतारबाट भित्रिने विप्रेषण (रेमिटेन्स)मा पनि कमी आएको छ ।

अवधिमा कतारी कम्पनीबाट नेपाली कामदारका लागि मागपत्र अाउने क्रममा समेत ह्रास अाएकाे म्यानपावर व्यवसायीहरू बताउँछन् ।

आतङ्कवादलाई सघाएको भन्दै साउदी अरेबियासहितका छिमेकी मुलुकले कतारसँग सम्बन्ध तोड्दै एक वर्षअघि अार्थिक नाकाबन्दी लगाएका थिए । उक्त सङ्कटका कारण निम्तिन सक्ने सम्भावित जोखिम आँकलन गरेर यो अवधिमा नेपालबाट कतार जाने कामदारको सङ्ख्यामा उल्लेखनीय कमी आएको सरकारी अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगार विभागका अनुसार २०७३ देखि २०७४ साउनसम्म कतार जाने नेपाली कामदारको सङ्ख्या एक लाख २१ हजार जति थियो। त्यसयता आजसम्मको तथ्याङ्क हेर्दा उक्त सङ्ख्या २५ हजारले घटेर ९६ हजारमा सीमित रहेकाे हाे ।

पछिल्लाे समय कतारमा मात्रै नभर्इ सम्पूर्ण खाडी मुलुकबाट नै नेपाली कामदारको माग घटिरहेको र यससँगै रेमिट्यान्स पनि घट्दै गएकाे तथ्यांकले देखाउँछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...