Friday 23rd October 2026

कतार जाने नेपाली कामदार २० प्रतिशतले गिरावट


तितोपाटी – खाडी मुलुक कतारमा नाकाबन्दी भएको यो एक वर्ष पुग्याे, यस अवधिमा त्यहाँ जाने नेपाली कामदारको सङ्ख्या करिब २० प्रतिशतले घटेको छ । सरकारी तथ्याङ्कअनुसार कामदार घटेसँगै कतारबाट भित्रिने विप्रेषण (रेमिटेन्स)मा पनि कमी आएको छ ।

अवधिमा कतारी कम्पनीबाट नेपाली कामदारका लागि मागपत्र अाउने क्रममा समेत ह्रास अाएकाे म्यानपावर व्यवसायीहरू बताउँछन् ।

आतङ्कवादलाई सघाएको भन्दै साउदी अरेबियासहितका छिमेकी मुलुकले कतारसँग सम्बन्ध तोड्दै एक वर्षअघि अार्थिक नाकाबन्दी लगाएका थिए । उक्त सङ्कटका कारण निम्तिन सक्ने सम्भावित जोखिम आँकलन गरेर यो अवधिमा नेपालबाट कतार जाने कामदारको सङ्ख्यामा उल्लेखनीय कमी आएको सरकारी अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगार विभागका अनुसार २०७३ देखि २०७४ साउनसम्म कतार जाने नेपाली कामदारको सङ्ख्या एक लाख २१ हजार जति थियो। त्यसयता आजसम्मको तथ्याङ्क हेर्दा उक्त सङ्ख्या २५ हजारले घटेर ९६ हजारमा सीमित रहेकाे हाे ।

पछिल्लाे समय कतारमा मात्रै नभर्इ सम्पूर्ण खाडी मुलुकबाट नै नेपाली कामदारको माग घटिरहेको र यससँगै रेमिट्यान्स पनि घट्दै गएकाे तथ्यांकले देखाउँछ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...