Saturday 20th April 2024

साप्ताहिक राशिफल


ज्याेतिष राम प्रसाद सिटाैला

मेष

तपाईंको कामको मूल्यांकन हुनुका साथै आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले मनमा नैराश्यता छाउनेछ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार आउनेछ भने बोलीको प्रभावमा महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । मनोरन्जक कार्यमा आकर्षित भइनेछ ।

वृष

साता सामान्य रहनेछ । परिस्थिति पहिचान गरेर सम्पन्न गरिएको कामले प्रतिष्ठा दिलाउनेछ । प्रतिकूल अवस्थामा अरूको मुख ताक्दा पछि परिने सम्भावना छ । मित्र वर्गले वचनअनुसार समयमा सहयोग नगर्दा आर्थिक संकट बेहोर्नुपर्नेछ । व्यवसायिक कारोबार गर्दा सावधानी अपनाउनु होला ।

मिथुन

प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा लिए उचाइमा पुगिनेछ । आध्यत्मिक चिन्तन एवं योग–ध्यानले दुर्भावनाहरू समाप्त हुनेछन् भने भविष्यको मार्ग पहिल्याउन सहज हुनेछ । नवपरिचितहरूप्रति विश्वास गर्दा धोका हुन सक्छ । खानपानको फेरबदलले स्वास्थ्य प्रतिकूल बनाउन सक्छ ।

कर्कट

कुरा काट्नेहरूले तपाईंको चियोचर्चो गर्न छाड्ने छैनन् । अभिभावकहरूको सुझावले रिस–इष्र्या डाह गर्नेहरूलाई पछि पार्न सकिनेछ । प्रेमी–प्रेमिकाले नयाँ अवसर प्राप्त भएको खबर सुनाउँदा हर्षित भइनेछ । मेहनत गर्दा जीवनशैलीले फड्को मार्न सक्छ । विभिन्न स्थानको भ्रमणमा समय खर्चिनुपर्ला ।

सिंह

प्रतिस्पर्धीहरूलाई उछिन्न कडा मेहनत आवश्यक पर्नेछ । अहोरात्रको परिश्रमले महत्वपूर्ण जिम्मेवारी दिलाउने सम्भावना छ । अनाथहरूलाई गरिएको सहयोगबाट प्रशंसा पाइएला । जागिरमा पदोन्नतिसहित स्थान परिवर्तनको योग छ । उत्तरतर्फको यात्रामा सावधानी अपनाउनुहोला । पाचन प्रक्रियामा कमजोरी देखा पर्न सक्छ ।

कन्या

मित्रवर्गको सहयोगका कारण अरूको मन जित्न सकिनेछ, जसले जिम्मेवारी वहन गर्ने अवसर दिलाउनेछ । श्रृंगार तथा सजावटको काममा सफलता हात लाग्नेछ । गुलिया वस्तुहरू कम सेवन गर्नुहोला । बुधबारपछि समय प्रेरणादायक रहनेछ ।

तुला

तपाईंको कार्यदक्षताको चौतर्फी प्रशंसा हुनेछ । चुरो कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ । लगनशीलताले विविध अवसर प्रदान गर्नेछ भने मन मिल्ने साथीको विश्वास गर्नाले पछि परिएला ।

वृश्चिक

कार्य क्षेत्रमा उत्ताउलोपन प्रदर्शन गर्दा विवादमा परिएला । मङ्गलबारपछि नयाँ ऊर्जा प्राप्त हुनेछ । अभिभावकसँगको वैचारिक द्वन्द्वप्रति सचेत रहनुपर्नेछ । चुनौतीहरू यथास्थितिमै रहनेछन् । पहेलो रंग प्रयोग गर्न सके समस्याको गाँठो फुकाउन केही सहज हुनेछ ।

धनु

आफ्नो व्यवसायलाई उचाइमा पुर्‍याउन अभिभावकको सहयोग तथा सुझाव अनुसरण गर्नुहोला । शुभकार्यका लागि किनमेलमा समय खर्चनुपर्नेछ । भ्रमणका क्रममा खानपानको असावधानीले स्वास्थ्य समस्या देखा पर्न सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

मकर

साथीहरूसँग बिग्रिएको सम्बन्ध पुन: स्थापित हुनेछ । बहुमूल्य धातु तथा विलासी साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगरीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ ।

कुम्भ

पूर्व योजनाबेगरै विदेश भ्रमण गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । आर्थिक उपलब्धि हात पर्ने सम्भावना छ । थप लगानी गरिएको व्यवसायले व्यस्त बनाउनेछ । मनोरञ्जनमा सहभागी हुँदा स्वास्थ्य एवं समयको हेक्का राख्नुहोला । साताको अन्त्यमा पारिवारीक भेटघाटमा समय खर्चनुपर्नेछ ।

मीन

आफ्नो धरातल बिर्सिएर अर्काको अभिनय गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा समेत परिवर्तन ल्याउन सक्छ । राज्यस्तरबाट दिइएका जिम्मेवारीप्रति बेवास्ता गर्दा ठूलो नोक्सानीको फन्दामा परिनेछ । रातो रंगको पहिरनबाट समस्या निवारण गर्ने ऊर्जा प्राप्त होला ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...