Monday 24th August 2026

कुवेतमा अत्याधिक गर्मी बढ्यो,गर्मीबाट बच्न आँफै साबधान रहनुस !


हरि कृष्ण न्यौपाने-कुवेतमा जुन महिनाको पहिलो हप्ताबाट एक्कासी गर्मी बढेको छ।खास गरी हरेक बर्ष जस्तै सन २०१८मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ।

कुवेतको न्युज पोर्टहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ, यो बर्ष पनि कुवेतको तापक्रम ५० डिग्री भन्दा बढ्न सक्ने भनी कुवेतको जन श्वास्वास्थ्य तथा बातावरण बिभागले सम्पूर्ण कुवेती नागरिकहरुका साथमा कुवेतमा कार्यरत सम्पूर्ण आप्रबासी कामदारहरुलाई सतर्क रहन अनुरोध गरेको हो।

खास गरी छाला अस्वाभाबिक रुपमा सुख्खा,तातो र रातो भएमा,शरिरमा पानीको मात्रा कम भएर ब्लड प्रेसर लो भएमा,श्वासप्रश्वासमा समस्या आएमा,एक्कासी अत्याधिक टाउको दुखेमा,एक्कासी चक्कर लागेमा तपाईंको श्वास्थ्यमा गर्मीका कारण नराम्रो असर पर्ने र हृदयघात समेत हुन सक्नेछ। यदी त्यस्तो भएमा तुरुन्त श्वास्थ्य संस्था वा अस्पातलमा जानु होला।

श्वास्थ बिभागले भनेको छ,अत्याधिक गर्मी र यसको असरबाट हुन सक्ने नकारत्मक क्षतीबाट बच्न तपाईं आँफै सचेत हुनु पर्नेछ। जसको लागि निम्न कुराहरुमा ध्यान दिनुहोस।

-गर्मीको नकारत्मक असरबाट बच्न सके सम्म खुल्ला क्षेत्रमा दिउँसो काम नगर्ने-नगराउने।
-दिनको समयमा सके सम्म बिना काम वा घुम्नका लागि बाहिर ननिस्कने।
-पानी वा फ्रेस जुस अत्याधिक पिउने ।
-सके सम्म कफी वा मदिरा नपिउने तथा धुम्रपान नगर्ने ।
-सके सम्म गाढा रंगको र टाइट फिटिङको कपडा नलगाउने ।
-सके सम्म शरीरमा टिपिक्क नहुने,हल्का रंगको कपडाहरुले पुरा शरीर छोप्ने गरी पोशाक लगाउने ।
-खानामा ताजा तरकारी,साग-सब्जी,काँचो सलाद (गाजार,काक्रो,मुला, कागती) तथा फलफुलहरु बढी खाने ।
-कोक-पेप्सी लगाएतको सोडा तथा इनर्जी ड्रिन्क्स कम पिउने।
-बाहिर हिडदा सधै पानी साथमा लिएर हिंड्ने, यदी चक्कर लाग्ला जस्तो भएमा मुख धुने वा टाउको भिजाउने।

त्यस्तै गरी कुवेतमा गर्मी एकाएक बढेसगैं कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (The Manpower Public Authority)ले एक सुचना प्रकाशित गर्दै कुवेतमा अध्याधिक गर्मी हुने महिना जुन १ तारिक देखी अगष्टको अन्तिम सम्मका लागि खुल्ला क्षेत्रमा दिनको ११:०० बजे देखी ४:०० बजे सम्म काम गर्न-गराउन प्रतिबन्ध लगाएको छ।

अन्तमा तीतोपाटी डटकम (कोसेली परिवार) कुवेत तथा मध्यपुर्बमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई श्वास्थमा बिशेष ध्यान दिदै अत्याधिक गर्मीबाट हुन सक्ने नकारात्मक क्षतीबाट बच्न र अरुलाई पनि बचाउन अपिल गर्दछ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष बित्दा पनि महिलामाथिका कडा प्रतिबन्धहरू जारी रहेका छन्। महिलाहरूलाई उच्च शिक्षा, धेरैजसो रोजगारी…

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

प्रतिकृयाहरू
...