Friday 29th March 2024

गजल


गजल
सधैँभरि तिम्लाई मनमा, सजाएर राखेँ
भड्केला मन कतै भनि, कजाएर राखेँ ।।

इशारा त्यो काफी थियो, नबुझे झैँ गरि
मर्यादाको डरलेे यो मन, भगाएर राखेँ ।।

खुल्नै गाह्रो भयो मन, सर्माए यि नयन
तिम्रो मिठो यादमा अधर, लजाएर राखेँ ।।

तिम्रो यादले सताउँदा,छचल्किने आँसु
लुकाउँदै एकान्तमा सधैँ ,बगाएर राखेँ ।।

कच्चा रहेछ कल्पनाको, तिम्रो मेरो महल
जुन महलमा रहेँ मनलाई, रमाएर राखेँ ।।

कमला न्यौपाने-भक्तपुर नेपाल


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...