Friday 24th July 2026

गर्मी बढेपछि पुर्वी तराइको जिवन अस्तव्यस्त


तितोपाटी – पूर्वी तराईमा तीन दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले बताएको छ ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । बुधवार विराटनगरको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै मङ्गलवार ३७ डिग्री सेल्सियस मापन गरिएको थियो भने शुक्रवार पनि ३८ डिग्री मापन गरिएको थियो । शनिवार अधिकतम ३५ डिग्री मापन गरिएको छ भने आइतवार ३८ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान जल तथा मौसम पूर्वानुमानको छ ।

मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । नियमित विद्युत आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन् । गर्मीमा छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने जस्ता सुझाव चिकित्सकको छ ।

गर्मीका कारण दही, चिसो पेय पदार्थ, खरबुजा, स्याउ, आइसक्रिम लगायतका सामाग्रीको विक्री भने बढेको छ ।

सन् २०१६ अप्रिल ९ तारिखमा विराटनगरको तापक्रम ४० दशमलव ५ डिग्रिसम्म पुगेको थियो । त्यसभन्दा माथि विराटनगरको तापक्रम पुगेको रेकर्ड छैन ।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...