Monday 19th January 2026

टीकापुर घटनाका आरोपी रेशम चाैधरीले संसदमा सपथ लिए


तितोपाटी – टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज संसदका रुपमा सपथग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले उनलाई सपथ गराएका हुन्। सपथसँग सभामुख महराले चाैधरीलाई संसदकाे लागाेसमेत उपलब्ध गराएका छन्।

यसअघि हिँजै विहान ११ः३०मा सपथ गराउने भनिएकामा संसद अधिवेशनको समय जुधेको भन्दै ३ बजेका लागि सारिएको थियो। जेलको कानुनी प्रकृया पुरा नभएको कारण पनि ३ बजेका लागि सारिएको थियो। डिल्लीबजार कारागारमा बन्दीका रुपमा रहेका उनलाई सपथका लागि जेलबाट सिंहदरबार लगिएको थियो।

चौधरीलाई कारगारबाट निकाल्दा उनको स्वागतका लागि श्रीमती रन्जिता चौधरी श्रेष्ठ, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । चौधरीले निर्वाचित भएको प्रमाणपत्र समेत पाएका छन् ।

यसअघि उनले संसदको प्रमाणपत्र पाएका थिएनन् । प्रमाणपत्रका लागि उनकी श्रीमती रञ्जिताले बारम्बार आयोगमा दबाब दिँदै आएकी थिइन् । प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दा समेत दायर गरेका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।

राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई चौधरीको सपथका लागि दवाव दिँदै आएको थियो । सोही दवावका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...