Friday 24th July 2026

इन्डोनेसियालाई सुनामीले तहसनहस बनायो, मर्नेको संख्या २८१ पुग्यो


तितोपाटी – इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ। ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएको छ। साथै एक हजार भन्दा बढी घाइते भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन्।

यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले थप जानकारी दिए। खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने सुटोपोले बताए।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ। शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन्।

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन्।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो। यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो। 

-एएफपी


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...