Saturday 2nd August 2025

अर्घाखाँची र सगरमाथा कम्पनीको सिमेन्ट गुणस्तरहीन:बन्द गराउने सरकारको चेतावनी


तीतोपाटी- गुणस्तर तथा नापतौल विभागले सगरमाथा र अर्घाखाँचीसहित ५ सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको छ ।सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको र सिमेन्ट गुणस्तरहीन रहेको भन्दै विभागले यी सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको हो ।

कारवाहीका लागि पत्र काटिएका उद्योगहरुमा सगरमाथा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सुभश्री जगदम्बा सिमेन्ट, होङ्सी सिमेन्ट र गोरखकाली सिमेन्ट रहेका छन् ।

सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी भएको भन्दै यी सिमेन्ट उद्योगमाथि कारवाहीको प्रक्रिया सुरु गरिएको हो ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा अधिकतम ५ प्रतिशतसम्म एमजिओ अर्थात् म्याग्नेसियम अक्साइडको मात्रालाई छुट दिएको छ ।

तर गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेष्टमा यी सिमेन्टहरुमा म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा यी सिमेन्टहरुमा एमजिओको मात्रा ५ दशमलब ८ प्रतिशतसम्म भेटिएको छ ।

सिमेन्टमा मापदण्डभन्दा बढी मात्रामा म्याग्नेसियम अक्साइड भेटिएपछि विभागले कारवाही गर्ने भन्दै चेतावानी पत्र पठाएको हो ।

गुणस्तर तथा नापतौल विभागले केही समय अगाडिमात्रै सगरमाथा र गोरखकाली सिमेन्टमा एमजिओको मात्रा बढी पाइएको भन्दै तत्काल सुधार नगरे उत्पादन नै बन्द गरी उद्योगको सम्बन्धन खारेज गर्नेसम्मको चेतावनी दिएको थियो ।

विभागले गरेको ल्याब टेष्टमा बाँकी ३ सिमेन्टमा पनि एमजिओको मात्रा बढी भेटिएपछि कारवाहीका लागि बिहिबार मात्रै पत्र काटेको हो । बिहिबार पत्र काटिएका सिमेन्टहरुमा अर्घाखाँची, सुभश्री जगदम्बा र होङ्सी सिमेन्ट रहेका छन् ।

यी सिमेन्टहरुमा पनि एमजिओको मात्रा बढी भएकाले तत्काल सुधार नगरे उत्पादन नै बन्द गराउने गरी चेतावानी पत्र दिएको हो ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...