Tuesday 25th August 2026

कुवेतमा भलिबल प्रतियोगिता,कल्याणकारी टिम प्रथम


तितोपाटी डट कम-कुवेतको महाबुल्ला ब्लक-२ स्थित झाडी ग्राउण्डमा सम्पन्न भलिबल खेलमा कल्याणकारी नेपाली यूबा समाज कुवेत टिम प्रथम भएको छ।हिजो २१ डिसेम्बर,शुक्रवार २०१८का दिन सम्पन्न उक्त भलिबल प्रतियोगितामा भारतिय टिमलाई हराउदै कल्याणकारी नेपाली यूबा समाज टिम बिजयी भएको हो।

कल्याणकारी नेपाली यूबा समाज कुवेतका कार्यबाहक अध्यक्ष सुबास श्रेष्ठले तितोपाटी डट कम संग भने” भारतिय रोहन टिमद्वारा कुवेतको महाबुल्लामा आयोजित भलिबल प्रतियोगितामा बिभिन्न टिमहरुले भाग लिएका थिए।टिम मेनेजर नबराज पराजुली र टिम क्याप्टेन सागर पंगेनी रहेको कल्याणकारी यूबा समाज टिमले फाइनलमा भारतीय टिमलाई हराएको हो।यस जितले समाजलाई भलिबाल खेल प्रती अझ ससक्त भएर लाग्न प्रेरणा मिलेको छ।”

बिजयी टिमलाई नगद पुरस्कारको ब्यबस्था गरिएको थियो।खेल अबधीमा भलिबल खेलमा रुची भएका नेपाली,भारतीय लगाएत अन्य देशका नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी…

हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु…

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

प्रतिकृयाहरू
...