Sunday 28th June 2026

गजल


गजल

जसलाई जिताउनु पर्ने उसैले जितेछ एपिवानमा,
दुरदराजका झुपडीका अाइडल चुनेछ एपिवानमा ।

दुःखमा नि अाँशु खुशिमा नि अाँशु प्राय:बग्ने गर्छ,
हर्षित हुँदा विचराको नयनबाट बगेछ अाँशु एपिवानमा ।

धनी गरिब बिचको विभेद हटेछ जस्तो लाग्यो,
झुपडीका पात्रको पनि अबसर रहेछ एपिवानमा ।

धेरै बिस्मत हुन्थ्यो उनलाई अाइडल नभएको भए,
एक नम्बरमा अाए उनको दशा टरेछ एपिवानमा ।

मेहनत गर्थे संघर्ष गर्थे उनि संधै लगनशील भई,
र पो सारा नेपालीको समर्थन जुटेछ एपिवानमा ।

माधव पौडेल-कुवेत


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा दुई वटा शक्तिशाली भूकम्प आएपछि अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। दोस्रो भूकम्प…

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

प्रतिकृयाहरू
...