Sunday 18th January 2026

पुर्व प्रधानमन्त्री डा. तुलशी गिरीको ९३ वर्षको उमेरमा अाज निधन


तितोपाटी – पूर्व प्रधानमन्त्री एवं मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको अाज मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। कलेजोको क्यान्सरले पीडित उनी केही दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट घर लगिएको थियो। नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्रीसम्म भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

सिराहमा जन्मिएका गिरीले सुरुवाती राजनीति नेपाली कांग्रेसबाट गरेका थिए। उनी नेपाली कांग्रेसको महामन्त्री पनि भएका थिए। २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि भने पञ्चायती व्यवस्थाका कट्टर सर्मथकका रुपमा अगाडि आए। बीपी कोइरालाका आलोचक रहेकै कारण राजा महेन्द्रको विश्वास जितेर पञ्चायतकालमा उनी प्रधानमन्त्री भएका थिए। नेपालमा राजा विरेन्द्रको पालामा बहुदल आएसँगै उनी देश छाडेर श्रीलंका गएर बसोबास गर्न थालेका थिए।

उनले क्रिश्चियन धर्म अंगालेकाले पनि श्रीलंका र भारतमा केही समय बिताएको पनि भन्ने गरिन्छ। २०५९ सालमा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम घोषणा गरी प्रधानमन्त्रीबाट हटाएर सत्ता आफ्नो हातमा लिएपछि ज्ञानेन्द्रकै आग्रहमा उनले नेपाल फर्किएर किर्तिनिधि विष्टसँग मिलि मन्त्रीपरिषदको उपध्यक्षको जिम्मेवारी लिएका थिए।

सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...