Monday 5th May 2025

सांसद याेगेश भट्टरार्इले घरभाडास्वरुप अाउने ९० हजार रुपैयाँ फिर्ता गर्ने


तितोपाटी डट कम-सांसद याेगेश भट्टरार्इले संसदबाट घरभाडास्वरुप अाफूले पाउने ९० हजार रुपैयाँ फिर्ता गर्नुहुनेभएकाे छ ।उहाँले फिर्ता गर्ने भनिएकाे रकम २०७४ फागुनदेखि २०७५ मंसिरसम्मकाे घरभाडा बराबरकाे रकम हाे ।

अाइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा अाफूले काठमाडाैंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको र सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घरभाडा लिनेको सूचीमा अाफ्नाे नाम प्रकाशित हुँदा आफैं आश्चर्यमा परेको बताउनुभएकाे छ।साथै उहाँले अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुनगएकोमा दुःख पनि व्यक्त गर्नुभएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।केही दिन अघि पत्रपत्रिकामा काठमाडाैंमा घर हुने सांसदहरुले पनि घरभाडाकाे रकम लिएकाे वा लिने सूचीमा रहेकाे समाचार प्रकाशित भएकाे थियाे ।अाफूहरुलाई सचेत गराउँदै जनतालाई सुसूचित गरेकाेमा खोजपत्रकारिता केन्द्र तथा समाचार प्रकाशित भएकाे पत्रिका र पत्रकारलार्इ धन्यवाद पनि व्यक्त गर्नुभएकाे छ ।

भट्टराईद्वारा प्रकाशित प्रेश बिज्ञप्ती जस्ताको तस्तै:-


-उज्यालोबाट


सम्बन्धित शीर्षकहरु

कुवेत, यात्रु र कार्गो ट्राफिकमा कीर्तिमानी बृद्धि अनुभव गर्ने खाडी देशका विमानस्थलको विपरीत कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भने खडेरी लागेको छ…

गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद रोचक मोडमा पुगेको छ । व्यक्तिगत इगो र संस्थाभित्रको चरम राजनीतिका कारण विभाजित बनेको…

नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापा मगर…

प्रतिकृयाहरू
...