Saturday 16th May 2026

चार्जिङ स्टेशन नभएपछि काठमाण्डुमा चलाइएका विजुली बस ग्यारेजमा थन्किए


तितोपाटी – काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका साथ उद्घाटन गरेका विद्युतीय बस साझाकै ग्यारेजमा थन्किएका छन् । यी बस एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको थियो । तर, लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा नआइन्जेलका लागि काठमाडौंमा चलाउन साझालार्इ दिइएका बस चार्जिङ स्टेशनको अभावमा थन्किएका हुन् ।

काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिए पनि चार्जिङ स्टेशन नै नभएपछि बस सञ्चालनमा आउन नसकेको साझा यातायातले जनाएको छ । बस उत्पादनकर्ता कम्पनी बीवाईडीले यो बसका लागि अब ३ महिनामा मात्रै नयाँ चार्जिङ स्टेशन ल्याउन सकिने बताएको छ । यसअघि नै लुम्बिनीमा चार्जिङ स्टेशन बनिसकेकाले काठमाडौंमा चार्जिङ स्टेशन बनाउन अर्को प्रक्रिया सुरु गर्नुपर्छ ।

काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको समयमा यी बसलाई परीक्षणका रुपमा हेर्न खोजिएको थियो तर चार्जिङ स्टेशन नै नभएपछि ५ वटै विद्युतीय बस सञ्चालनमा नआई साझामा नै थन्किएर बसेका छन् ।

साझा यातायातले पाँच वटा बिजुली बस सुरुमा विभिन्न रुटमा गुडाएर परीक्षण योजना बनाए पनि तत्काल त्यो सम्भव नदेखिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...