Sunday 5th May 2024

चार्जिङ स्टेशन नभएपछि काठमाण्डुमा चलाइएका विजुली बस ग्यारेजमा थन्किए


तितोपाटी – काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका साथ उद्घाटन गरेका विद्युतीय बस साझाकै ग्यारेजमा थन्किएका छन् । यी बस एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको थियो । तर, लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा नआइन्जेलका लागि काठमाडौंमा चलाउन साझालार्इ दिइएका बस चार्जिङ स्टेशनको अभावमा थन्किएका हुन् ।

काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिए पनि चार्जिङ स्टेशन नै नभएपछि बस सञ्चालनमा आउन नसकेको साझा यातायातले जनाएको छ । बस उत्पादनकर्ता कम्पनी बीवाईडीले यो बसका लागि अब ३ महिनामा मात्रै नयाँ चार्जिङ स्टेशन ल्याउन सकिने बताएको छ । यसअघि नै लुम्बिनीमा चार्जिङ स्टेशन बनिसकेकाले काठमाडौंमा चार्जिङ स्टेशन बनाउन अर्को प्रक्रिया सुरु गर्नुपर्छ ।

काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको समयमा यी बसलाई परीक्षणका रुपमा हेर्न खोजिएको थियो तर चार्जिङ स्टेशन नै नभएपछि ५ वटै विद्युतीय बस सञ्चालनमा नआई साझामा नै थन्किएर बसेका छन् ।

साझा यातायातले पाँच वटा बिजुली बस सुरुमा विभिन्न रुटमा गुडाएर परीक्षण योजना बनाए पनि तत्काल त्यो सम्भव नदेखिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...