Friday 11th September 2026

सल्यानमा ट्र्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु


तितोपाटी – सल्यानमा भएको ट्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरबाट रुकुम तर्फ आउँदै गरेको रा १ त २६२८ नम्बरको ट्याक्टर जिल्लाको बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना भएको थियो।

दुर्घटनामा परेर रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–११ का ३३ वर्षीय ट्याक्टर चालक प्रवीन विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर गम्भिर घाइते भएका रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका– १० का २८ वर्षीय इश्वर केसी को उपचारको क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गिरीराज भण्डारीले जानकारी दिए।

इश्वरको मेडिकल कलेज कोहलपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंका शिक्षण अस्पताल लगिएको थियो। सामान ल्याएर रुकुम (पश्चिम) तर्फ आउँदै गर्दा शुक्रबार राती ट्याक्टर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले बताएको छ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...