Saturday 7th March 2026

नवलपरासीमा ट्यांकरले मोटरसाइकललार्इ ठक्कर दिँदा २ जनाको मृत्यु


तितोपाटी – नवलपरासीको सुनवलमा ट्यांकरले मोटरसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ का प्रविन गुरुङ र सोही ठाउँका मोटरसाइकलमा सवार २६ बर्षका विनोद बानियाँको मृत्यु भएको हो ।

गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज देवदह रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेर नष्ट भएको छ । ठक्कर दिने ट्यांकर सुनवल प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्यांकर चालक फरार रहेका छन्


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...