Friday 3rd January 2025

गजल


गजल
भुकम्प पछिको जाडो टहरामै छ,
कुच्चेको थोत्रो भाँडो टहरामै छ ।

उठाउनु छ धरहरा बनाउनु छ घरहरु,
शुरुवात गरौ न चाँडो टहरामै छ ।

खै चण्डमुण्डले पनि देखेनन क्यारे, मुटु लगे उसको त्यो राँडो टहरामै छ।

त्यो बेहाल दृश्य बिछोडको त्यो पिडा,
चसक्क मुटु घोच्ने काँडो टहरामै छ ।

न मर्न सक्छ न बाच्ने रहर नै उसको,
त्यो जिन्दगानी भो घाँडो टहरामै छ ।

@माधव पौडेल “अशल यात्री”कुवेत


सम्बन्धित शीर्षकहरु

एलोन मस्कलाई हराउने प्रयासमा एजिबोटले जन बजारहरूको लागि 1,000 मानवीय रोबोटहरू बनाउन दौडिरहेको छ। चिनियाँ रोबोटिक्स कम्पनी Agibot, जसलाई Zhiyuan…

अमेरिकाले सोमबार र मङ्गलबार साना र यमनको तटीय क्षेत्रमा हुथी नियन्त्रित क्षेत्रमा धेरै लक्ष्यहरू प्रहार गरेको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर…

प्रतिकृयाहरू
...