Sunday 2nd November 2025

कबिता”समय”


कबिता”समय”

भूत,वर्तमान भविष्य हुदै बित्छ समय,
तिमी धनि,म गरिव भनि भेदभाव गर्दैन समय,
तिम्रो प्यारो ,मेरो प्यारो भनि रोकिदैन समय,
पहिला पहिला घामको उज्यालो देख्दा त्यहि लाग्दथ्यो समय,
आजभोलि महान कार्य गर्ने गर्छ समय।

बित्यो भने फर्किदैन निर्दयी छ समय,
हरेक कार्य पुरा हुदै गर्छ,तर साथ छोड्दै जान्छ समय,
पर्खिदैन कसैलाई नि परिस्थिति र समय,
असल मानिस बन्नलाई बिचार गरौ समय।

हिजो के भयो?आज के हुन्छ?भोलि के हुनेछ?भन्दैन समय,
हाम्रो स्वार्थ पुरा गर्न पर्खिदैन समय,
देख्दैन यसलाई कसैले पनि,तर नभैई नहुने समय,
हाम्रो हरेक गतिलाई डोर्‍याउछ समय।

सेकेन्ड,मिनेट,घण्टा भन्दा भन्दै बिति रह्न्छ समय,
पर्खि पर्खि भन्दा भन्दै कहिले पर्खिदैन समय,
हाम्रो स्वार्थ पुरा गर्न पर्खिदैन समय।

@जय नारायण माझी थारु-कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

प्रतिकृयाहरू
...