Friday 3rd July 2026

कुवेत आएको ३ महिनामै ज्यान गुमाएका पासाङको परिवारलाई आर्थिक सहयोग


हरि कृष्ण न्यौपाने-कुवेत आएको ३ महिनामै सबारी दुर्घटनामा परि ज्यान गुमाएका खोटाङका पासाङ दोर्जे शेर्पाको परिवारलाई उक्त कम्पनीमै काम गर्ने साथीहरु मिलेर नेरु १,५५,१९५(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे)आर्थिक सहयोग पठाइएको छ।गत सेप्टेम्बर १६,२०१८ आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेत कम्पनीकै सबारी साधन दुर्घटना हुँदा शेर्पाको र एक भारतीय नागरिकको मृत्‍यु भएको थियो।

पश्चिमाञ्चल सेवा समाज कुवेतका अध्यक्ष तथा कोसेली समुह लगाएत अन्य संस्थामा आबद्द सामाजिक अभियन्ता अमर खड्काले तितोपाटी डटकमसंग भने”उमेरले २६ बर्ष मात्र टेकेको तथा कुवेत आएको ३ महिना पनि पुरा नहुँदै सबारी दुर्घटनामा ज्यान गुमाएका शेर्पाको छोरी पासाङ लामु शेर्पाको उज्वल भबिश्यको लागि हामी सबैले सहयोग उठाएका हौ।उनले थपे”उक्त सहयोग रकम हिनामिना नहोस भनी मृतकका नाबालिका छोरि पासाङ लामु शेर्पाको नाममा राष्टिय बाणिज्य बैंक खोटाङ दिक्तेलमा खाता खोल्न लगाइ खाता नं २०६००३४१४९१०मा ४१९.६५० केडी नेरु १,५५,१९५/-(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे) जम्मा गरेका छौ।छोरी ठुलो भएर नागरिकता नबनाए सम्म उक्त रकम झिक्न पाइने छैन।”

खडकाले सबै सहयोगिहरु र सहयोग संकलनमा सहयोग गर्नेहरु प्रती तितोपाटी डटकम मार्फत आभार ब्यक्त गरेका छन।
सहयोगीहरुको नामावली निम्नअनुसार रहेको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

प्रतिकृयाहरू
...