Thursday 14th May 2026

श्रृंखलाले “मल्टिमिडिया अवार्ड” र “व्युटी विद पर्पस अवार्ड” जितिन, पुगिन टप ३० मा


तितोपाटी – मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छिन्। सोमबार भएको मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गरेकी हुन्। यसअघि श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भएकी थिइन्।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए। त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए।

‘ब्युटी विद पर्पस’ का लागि हरेक प्रतिस्पर्धीले कुनै प्रभावकारी परियोजनामा काम गर्नुपर्ने हुन्छ । शृंखलाले गृहजिल्ला मकवानपुरमा रहेको चेपाङ बस्तीमा एउटा स्वास्थ्यचौकी र अन्य भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेकी थिइन् ।

उनको यही परियोजनाले उनलाई उक्त अवार्ड जिताएको हो । यसअघि सन् २०१३ मा नेपालकै ईशानी श्रेष्ठको ‘प्रोजेक्ट स्माइल’ ले ‘ब्युटी विद पर्पस’ जितेको थियो ।

मोब्स्टार नामक मोबाइल एप्लिकेसनमार्फत दिनहुँ लाखौँ भोट पाएका कारण ‘मल्टी मिडिया’ को अवार्ड पनि उनकै पोल्टामा परेको हो । उनलाई भोट गर्न अत्यधिक डाउनलोड गरिएको हुँदा यो एप्लिकेसन गत साता नेपालमा पहिलो नम्बरमा ट्रेन्डिङमा थियो ।

शृंखलाले अवार्ड जितेपछि सोमबार साँझ आफ्नो इन्स्टाग्राम स्टोरीमा आफू भावविह्वल भएको भिडियो पोस्ट गरेकी थिइन् । ‘रुँदारुँदा आँखा सुन्निन लागिसक्यो’ भन्दै उनले खुसी साटेकी थिइन् । ‘मल्टी मिडिया’ को अवार्ड हात पारेको सूचना पनि उनले यसै गरी दिएकी हुन् । यी अवार्ड जितेसँगै २३ वर्षे नेपाली सुन्दरी मिस वल्र्डको उत्कृष्ट ३० मा पर्न सफल भएकी छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...