Wednesday 14th May 2025

बहराइनमा तमु फो ल्होसार(पुस १५) डिसेम्बर २८ मा भब्य रुपमा मनाइदै


तिताेपाटी – यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन् ।

विशेष गरी सोरठी, घाँटु, सालैजो नृत्य लगायत नेपाली मौलिक संस्कृति झल्कने खालको विभिन्न नृत्य हुनेछन् । कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदूतावास बहराइनका महामहिम राजदूत श्री पदम सुन्दास ज्यु विषेश अतिथी गुरुङ (तमु) राष्ट्रिय परिषद नेपालका अध्यक्ष श्री रेशम गुरुङ लगायतका सम्मानित ब्याक्तित्वहरुको उपस्तिथी रहनेछ । बिगत लामो समय देखी नेपाली लोक कलाको संरक्षण गर्दै आएको तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरु पवित्र गुरुङ र मनिष गुरुङ साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीहरु रहने जानकारी सबैमा गराउन चाहन्छौ ।

तमु फो -ल्होसार आउन अब मात्रै २६ दिन रहेको हुँदा यस यो पर्वलाई भब्य रूपमा सफल पारिदिनु हुनको लागि बहराइनमा कृयाशिल सम्पूर्ण संघ संस्था, संगठनहरु, क्षेत्रीय एवं जातिय संस्थाहरु, कलाकार साथीहरु, ब्यवसायीहरु, पत्रकार साथीहरु तथा सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई उपस्थित भई सधै झैं यस बर्षको फो-ल्होसार पनि भब्यताको साथ सफल पारिदिनु हुन साथै आ-आफ्नो ठाउँबाट प्रचार प्रसारमा पनि महत्वपुर्ण भूमिका खेलि दिनु हुन अनुरोध गर्दछौं ।

उक्त ल्होसार आस पासमा हुने कुनै पनि कार्यक्रम नराखी सहकार्य र एकताको भूमिका निभाइ दिनु हुन समेत तमु समाज बहराईन हार्दिक अनुरोध गर्दछ । आफ्नो देशबाट टाढा रहेर पनि आफ्नो आफ्नो कला संस्कृतिको संरक्षण एवं सम्बर्द्धन र प्रवर्द्धनका निम्ति सदैब लागि परेको यस तमु समाज बहराइनले स्थापना काल देखी बहराइनमा स्थापित नेपाली संघ संस्थाहरुले गर्दै आएको हरेक सांस्कृतिक कार्यक्रमहरुमा पनि सहयोग एवं हातेमालो गर्दै आएको छ र आगामी दिनमा पनि तमु समाजको सहकार्य निरन्तर रही रहने नै छ ।

प्रार्थी- अध्यक्ष नरेन्द्र घले एवं सम्पूर्ण तमु समाज बहराइन परिवार

तपसिल ,

मिति : यही आउदो २८ डिसेम्बर २०१८ शुक्रबारका दिन

स्थान : बाङ्ग साङ्ग थाइ, बहराइन

समय: दिनको ठिक ५:३० बजे देखि

(तमु समाज बहराईन परिवार)


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...