Wednesday 7th October 2026

५ लाख ३५ हजार तिरेर कुवेत पुगेका नेपालिहरु अलपत्र


तितोपाटी डट कम-कुवेत- ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालिहरु अलपत्र परेका छन।उक्त समाचार न्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगे पछी घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ लिएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना पोख्ने नवराज अधिकारी झुठ सावित भएका छन। उनलाइ आफान्त भनी सहयोग स्वरुप एक पैसा अनियमितता नगरि कुवेत पुर्‍याएपछि उनले काम नगरी कोठामा सुतेर बसेर पिडित भएँ भन्दै रवि लामिछानेसंग वार्तालाप गरेको खुलेको छ। कुवेतबाट सञ्चालित आरडी क्रिएशनले यसको सत्य तथ्य के हो भन्ने बिसयमा छानबिन गरि द्विपक्षीय कुरा सार्वजनिक गरेपछी यथार्थ खुलेको हो।

पिडित भनिएका नवराज अधिकारिले आफ्नो सिभिल आइडी समेत बेचेर खाएको पुष्टि भएको छ। उनले आफ्नो आइडी ७० कुवेती दिनारमा बेचेको खुलेको छ। तारामणि रायले आफन्तै मात्र झन्डै १२ जनालाइ अन्य देशिहरुको साहायतामा भिसा उपलब्ध गराइ कुवेत पुर्‍याएका छन। यद्यपि उनले झिकाएका अन्य ब्यक्तिहरुले काम गरिरहेको बुझिएको छ। काम गरे काम पाइन्छ तर नवराजले जति ठाउँमा काम लगाए पनि काम नगरी भागेर कोठा फर्केकोले यो समस्या आएको तारामणि राय बताउँछन।

 


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...