Wednesday 13th May 2026

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते


तितोपाटी – धादिङको गल्छी गाउँपालिकास्थित गोगनपानीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गोगपानीबाट थाक्रे गाउँपालिकाको महादेवबेसीतर्फ जाँदै गरेको ना ५ ख ६६४७ नम्वरको मिनी ट्रक ठुलोपाखा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। अनियन्त्रित भई ट्रक सडकबाट करिव एकसय पचास मिटर तल खोचमा खसेको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका साहु थाक्रे मान्खु निवासी २५ वर्षीय साजन सुनार रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा दुईजना गम्भीर घाईते भएका छन्। उनीहरुको काठमाडाैं स्थित अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...