Sunday 18th January 2026

बर्दियामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १५ जना घाइते


तितोपाटी – बर्दियामा अाज बिहीबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । दुर्घटनामा १५ यात्रु घाइते भएका छन् ।

३२ यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ  । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्य १० घाइतेको भने जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...