Wednesday 7th October 2026

नवलपरासीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३० जना घाइते


तितोपाटी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल ११ बडेरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख १०९६ नम्बरको रात्री बस बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परी कञ्चनपुर घर भएका ३३ वर्षीय नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्कीको मृत्यु भएको छ भने अर्का मृतक अन्दाजी ३५/४० का पुरुषको नाम खुल्न सकेको छैन ।

घाइते भएकाहरुको बुटवलस्थित जेनस अस्पताल र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सडक किनारबाट करिव २० मिटर तल खसेको बस के कति कारणले दुर्घटना भएको हो भन्ने एकिन नभइसकेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...